पोखरामा चार हजार बढीले गरे निःशुल्क बस सेवा प्रयोग

झापा, २७ असोज । नेपालीहरूको महान् पर्व बडा दशैं टिकाको दिन९शनिबार० मा सञ्चालन गरिएको निःशुल्क बस सेवाबाट ४ हजार २ सय जना लाभान्वित हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा सञ्चालन भएको उक्त सेवाबाट ४ हजार २ जना लाभान्वित भएको कास्कीका प्रमुख जिल्ला [...] The post पोखरामा चार हजार बढीले गरे निःशुल्क बस सेवा प्रयोग appeared first on Jhapa Online.

Oct 13, 2024 - 13:02
 0
पोखरामा चार हजार बढीले गरे निःशुल्क बस सेवा प्रयोग

झापा, २७ असोज । नेपालीहरूको महान् पर्व बडा दशैं टिकाको दिन९शनिबार० मा सञ्चालन गरिएको निःशुल्क बस सेवाबाट ४ हजार २ सय जना लाभान्वित हुनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा सञ्चालन भएको उक्त सेवाबाट ४ हजार २ जना लाभान्वित भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

दसैँको दिनमा बढी भिडभाड हुने यातायात सेवा प्रायः कम चल्ने हुँदा यात्रुको सेवालाई मध्यनजर गरी पोखरामा पहिलो पटक उक्त सेवा सञ्चालन गरिएको उहाँको भनाई थियो । पोखराका ७ वटा रुटमा १८ वटा बसहरूबाट निःशुल्क बस सेवा सञ्चालन भएको पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनुभयो ।

The post पोखरामा चार हजार बढीले गरे निःशुल्क बस सेवा प्रयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register