जुम्लामा दशैंमा मात्रै १६ करोडभन्दा बढीका खसी बोकाको कारोबार

जुम्ला । जुम्लामा यस वर्ष १६ करोड रुपैयाँभन्दा बढीको खसी बोकाको कारोबार भएको छ । दशैं लक्षित कारोबारमा सदरमुकाम खलङ्गा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको भेडा र खसी किनबेच भएको हो । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलका अनुसार यस वर्ष दशैंमा जुम्लाका भेडा पालक किसान र अन्य जिल्लाबाट […]

Oct 14, 2024 - 10:33
 0
जुम्लामा दशैंमा मात्रै १६ करोडभन्दा बढीका खसी बोकाको कारोबार

जुम्ला । जुम्लामा यस वर्ष १६ करोड रुपैयाँभन्दा बढीको खसी बोकाको कारोबार भएको छ । दशैं लक्षित कारोबारमा सदरमुकाम खलङ्गा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको भेडा र खसी किनबेच भएको हो ।

चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलका अनुसार यस वर्ष दशैंमा जुम्लाका भेडा पालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा र खसी किनबेच भएका छन् ।

शाखा प्रमुख रावलले भने, ‘१५ करोड २३ लाख २३ हजारका भेडा, र ७७ लाख ९२ हजारका खसी र ३१ लाख १६ हजारका राँगा भैँसी खरिद बिक्री भएका छन् ।’ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्यूनतम १० हजार रुपैयाँ भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो ।

जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम मूल्य आठ हजार रुपैयाँ भएकामा औसत मूल्य १६ हजार निर्धारण गरिएको थियो । अधिकतम मूल्य ५० हजार र न्यूनतम मूल्य २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगा भैँसीको औसत मूल्य ३८ हजार निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ ।

विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा र खसी मात्रै बिक्री वितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरूमा पनि भेडा र खसीको कारोबार हुने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register