जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४ सय ३० रूपैयाँ, ११ बुक तास र ९ थान मोबाइल सहित […]

Oct 14, 2024 - 15:31
 0
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं ।

महोत्तरी, बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४ सय ३० रूपैयाँ, ११ बुक तास र ९ थान मोबाइल सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-२ हिमाल चोक बस्ने ४० वर्षीय उज्वल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा उज्वल समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१३ डुम्मार गाउँ बस्ने १९ वर्षीय भुपेन्द्र वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुपेन्द्र समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार रूपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register