दश अर्बको इन्भेस्टमेन्ट कम्पनीबाट काम सुरु भइसक्यो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अगुवाइमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले काम सुरु गरिसकेको बताएका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको इन्भेस्टमेन्ट कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराएका हुन् । उनले स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न […]

Oct 16, 2024 - 11:59
 0
दश अर्बको इन्भेस्टमेन्ट कम्पनीबाट काम सुरु भइसक्यो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अगुवाइमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले काम सुरु गरिसकेको बताएका छन् ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको इन्भेस्टमेन्ट कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराएका हुन् ।

उनले स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।

जिल्लाका व्यावसायीहरुले लगानीका लागि अवसर खोजिरहेको उनको भनाई छ । उनले भने ‘यति बेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register