कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको १८औं साधारणसभा असोज ३० गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो । सभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको छ । साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक […]

Oct 17, 2024 - 07:35
 0
कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको १८औं साधारणसभा असोज ३० गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरी सभाले १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register