रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले दशैंअघि नै दिएको राजीनामा दिएको तर बिदाको कारण अहिले मात्र स्वीकृत गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएका हुन् । न्यौपाने कानुन व्यवसायी हुन् । अनुशासन आयोगबाट […]

Oct 17, 2024 - 08:17
 0
रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

न्यौपानेले दशैंअघि नै दिएको राजीनामा दिएको तर बिदाको कारण अहिले मात्र स्वीकृत गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएका हुन् ।

न्यौपाने कानुन व्यवसायी हुन् । अनुशासन आयोगबाट राजीनामा दिएको ६ महिना कुलिङ पिरियड रहन्छ । त्यसपश्चात् मात्र न्यौपाने पार्टी राजनीतिमा सक्रिय हुन पाउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register