बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर (भिडिओ)

बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ ।

Oct 17, 2024 - 09:23
 0
बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर (भिडिओ)

काठमाडौं । बडादशैंको समापनसंगै उपत्यका फकर्ने यात्रुहरूको संख्या बढेसँगै बिपी राजमार्गमा सवारी चाप बढेको छ । बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ ।

बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सुचारु गराइएको छ ।

तर , डाइभर्सन गरी बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी साधन लामो जाममा पर्ने गरेका छन् ।

दशैंको अगाडी सडक बगाएपछि सडक डिभिजनले यात्रुहरूको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

केही दिनमा सवारी चाप क्रमशः घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ ।

बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register