बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

काठमाडौँ ।  बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ ।  भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ । सरण जिल्लाको मसरख क्षेत्र र सिवानको […]

Oct 17, 2024 - 10:52
 0
 बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

काठमाडौँ । 

बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ । 

भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ ।

सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएको बताइएको छ । राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको र बिहार पुलिस कडा कारबाही गर्न तयार भएको बताएको छ ।

यस घटनामा अहिलेसम्म ९–१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले बताएको छ । 

मुख्यमन्त्री नितिश कुमारले लागु औषध निषेध, उत्पादन तथा पञ्जीकरण विभागका सचिवलाई घटनास्थलमा गएर सम्पूर्ण अवस्थाको जानकारी लिन निर्देशन दिएका छन् । बिहारमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध कानुन लागू रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register