रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि, रविलाई रिहा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै ८ मंसिरदेखि देस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘राजनीति प्रतिसोधले सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको छ । बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै दबाबस्वरुप दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छौँ ।’ […]

Nov 17, 2024 - 10:23
 0
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि, रविलाई रिहा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै ८ मंसिरदेखि देस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘राजनीति प्रतिसोधले सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको छ । बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै दबाबस्वरुप दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छौँ ।’

सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।
यसबीचमा रास्वपाले पक्राउको विरोधमा आन्दोलन गर्दै आएको थियो ।

रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको दाबी गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register