अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् । माओवादीका प्रवक्तासमेत रहेका सापकोटाको नेतृत्वमा एक साताको लागि नेताहरु आइतबार चीन उडेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा नेताहरू चीन भ्रमणमा गएको माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । उनले भने, ‘भ्रमणको नेतृत्व अग्निजीले गर्नुभएको छ […]

Oct 17, 2024 - 12:23
 0
अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् । माओवादीका प्रवक्तासमेत रहेका सापकोटाको नेतृत्वमा एक साताको लागि नेताहरु आइतबार चीन उडेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा नेताहरू चीन भ्रमणमा गएको माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

उनले भने, ‘भ्रमणको नेतृत्व अग्निजीले गर्नुभएको छ । हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू भ्रमण टोलीमा सहभागी हुनुहुन्छ । नगरपालिका उपप्रमुख, पालिकाका अध्यक्ष र उपाध्यक्ष, समन्वय समितिका प्रमुख, वडाध्यक्षहरू पनि सहभागी हुनुहुन्छ ।’

२२ सदस्यीय भ्रमण टोलीमा सबै प्रदेशबाट समेटेर पार्टीले लगेको उनले बताए ।

यसअघि गत जेठमा पनि सापकोटाकै नेतृत्वमा माओवादीका २० नेता १० दिने भ्रमणका लागि चीन गएका थिए ।
त्यसो त हालैमात्रै पनि यसअघि सत्तारुढ दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पनि चीन भ्रमण गएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register