लियाम पेनका प्रशंसकहरू आँसु र गीतका साथ शोक मनाउँदै

बुएनस आयर्स । ‘बिदाइहरू मीठो–तीतो हुन्छन्, तर यो अन्त्य होइन। म फेरि तिम्रो अनुहार देख्नेछु।’ यो वन डाइरेक्सनको गीत, कसैलाई गुमाउने बारेमा, श्रद्धाञ्जलीको रूपमा प्रयोग गरिएको छ – बुएनस आयर्समा रहेको होटलको बाहिर रुखहरूमा टाँसिएको नोटहरूमा लेखिएका छन् । जहाँ विश्व चर्चित गायक लियाम पेनको बुधबार बालकोनीबाट खसेर मृत्यु भएको थियो। दुर्घटनाको खबर फैलिएपछि यहाँ […]

Oct 18, 2024 - 02:05
 0
लियाम पेनका प्रशंसकहरू आँसु र गीतका साथ शोक मनाउँदै

बुएनस आयर्स । ‘बिदाइहरू मीठो–तीतो हुन्छन्, तर यो अन्त्य होइन। म फेरि तिम्रो अनुहार देख्नेछु।’

यो वन डाइरेक्सनको गीत, कसैलाई गुमाउने बारेमा, श्रद्धाञ्जलीको रूपमा प्रयोग गरिएको छ – बुएनस आयर्समा रहेको होटलको बाहिर रुखहरूमा टाँसिएको नोटहरूमा लेखिएका छन् । जहाँ विश्व चर्चित गायक लियाम पेनको बुधबार बालकोनीबाट खसेर मृत्यु भएको थियो।

दुर्घटनाको खबर फैलिएपछि यहाँ मानिसहरूको भीड जम्मा हुन थालेको छ । केही रुँदै, केही वन डाइरेक्सनका गीतहरू गाउँदै र मैनबत्ती बाल्दै र फूलहरू चढाउनेहरुको भीड लागेको छ ।

यसले पेनको पूर्व ब्यान्डले अन्तर्राष्ट्रिय स्तरमा कति ठूलो प्रभाव पारेको रहेछ भनेर सन्देश दिएको छ। वन डाइरेक्सन विश्वव्यापी टुर २०१४ मा दक्षिण अमेरिकाबाट सुरु भएको थियो । जसले लाखौं प्रशंसकहरूलाई आकर्षित गरेको थियो । त्यतिबेला यहाँ दुईवटा शोहरू भएका थिए ।

कासासर होटलको बाहिर रहेको गम्भीर ‘मूड’ ले पछिल्लो २४ घण्टामा आइरहेको खबरको गम्भीर प्रकृतिलाई प्रतिबिम्बित गर्दछ।

बुधबार साँझ, स्थानीय आपतकालीन सेवाहरूलाई होटलका कर्मचारीहरूले एक पाहुनाका बारेमा चिन्तित भएर बोलाएका थिए । जो लागूपदार्थ र मदिराको असरबाट ‘आक्रामक’ थिए । उनीहरूले उनी बसेको कोठाको बालकोनीका कारण उनको जीवन खतरामा रहेको भनी डर मानेका थिए।

स्थानीय पत्रिका ला नासियोनले प्राप्त गरेको एक दुःखद् ९११ कलमा कर्मचारीहरूले अपरेटरलाई ‘तुरुन्तै कसैलाई पठाउनुहोस्’ भनेर आग्रह गरेको खुलासा गरेको थियो ।

त्यो कलका साथै केही प्रारम्भिक तस्वीरहरू जसले घटना कसरी भयो भन्ने दृश्यहरू देखाउँछ । यो खबर केही समयमै सामाजिक सञ्जालमा फैलियो र केही समाचार आउटलेटहरूमा छापिए । जबकि पेनको मृत्युको खबर अझै पनि उनका केही प्रियजनहरूलाई पुग्न बाँकी नै थियो।

अधिकारीहरू घटनास्थलमा पुगेपछि गायक आफ्नो बालकोनीबाट खसेका थिए । उनीहरू आए लगतै ठूलो आवाज सुनेको बताएका थिए। घटनास्थलबाट उद्धार गरे पेनलाई तुरुन्तै अस्पताल लगियो, तर उनलाई पुनर्जीवित सकिएन ।

प्रारम्भिक शव परीक्षणले पेनको मृत्यु आन्तरिक र बाह्य रक्तस्रावका कारण भएको संकेत गरेको छ । अर्जेन्टिनाका प्रहरीले भनेको छ – उनको मृत्यु भएको भुइँतलाको निरीक्षण गर्दा ह्विस्कीको बोतल, लाइटर र मोबाइल फोन फेला परेको थियो।

उनको होटल कोठामा पूर्णरुपमा अस्तव्यस्त थियो । भाँचिएका वस्तुहरू र धेरै प्याकेटका औषधिहरूसहित एन्टी–एन्जाइटी औषधि क्लोनाजेपाम समावेश थियो।

प्रहरीका अनुसार प्रमाणहरू संकलन गरिँदैछ र प्रयोगशालामा लगिँदैछ । पेनको शरीरलाई शवगृहमा लगिएको छ । यसले थप जवाफहरू प्रदान गर्न सक्छ भन्ने आशा छ ।

प्रहरी परिवारलाई उनको शरीरको पहिचान आधिकारिक रूपमा पुष्टि गर्न पर्खिरहेको छ। उनलाई कहिले बेलायत फिर्ता गरिने हो अझै स्पष्ट छैन।

होटलका एक पाहुना, डग जोन्सले बीबीसीलाई बताएअनुसार उनी बुधबार भवनमा काम गरिरहेका थिए । जब एउटा कोठाबाट ठूलो आवाज सुने, र कर्मचारीहरूलाई त्यहाँ प्रवेश गर्दै र बाहिर निस्कँदै देखे।

उनले होटलले कोठामा काम गरिरहेको भनेर अनुमान गरे, त्यसपछि उनले ठूलो, हिंसात्मक चिच्याहट सुने।

जोन्सले भने – यो उनको पहिलो पटक अमेरिका बाहिरको भ्रमण भएकाले उनलाई यो सामान्य हो कि होइन थाहा भएन, जब उनले सडक आपतकालीन सवारी साधनहरूले भरिएको देखे अनि केही गलत भएको थाहा पाए।

पेनका प्रशंसकहरूका लागि उनको मृत्युको खबरले ठूलो झट्का लागेको छ । उनीहरूले पेनको सामाजिक सञ्जालमा उनले अर्जेन्टिनामा राम्रो समय बिताइरहेको भिडियो देखेका थिए । उनका पूर्व ब्यान्ड साथी नियाल होरन कन्सर्टमा सहभागी भएको भिडियो देखिएको थियो।

‘स्न्यापच्याटहरूका कारण हामी धेरै अलमलमा परेका थियौं,’ २९ वर्षीया मगाली डाल्माउले भनिन्’, उनी गायकलाई श्रद्धाञ्जली दिन होटलमा आएकी थिइन्। उनले भनिन् – वन डाइरेक्सन सुन्न थालेकी बेला उनी करिब १३ वर्षकी थिइन्।

हामी सबैले उनीहरूसँग साँचो सम्बन्ध बनायौं। यसको अर्थ उनलाई सुनेर हाम्रो किशोर अवस्था गुज्रियो । अ हामीले पाँचै जनाको पुनर्मिलनको आशा गुमाएका छौं। यो साँच्चै दुःखद् छ। यो घटना घटेको तरिका सबैभन्दा दुःखद् पक्ष हो।

जम्मा १६ वर्षको उमेरमा प्रसिद्धि चुलिएर, र ३१ मा मृत्यु हुँदा, उनका धेरै प्रशंसकहरू उस्तै पुस्ताका थिए र उनीसँगै हुर्केका थिए।

होटलको नजिकै बस्ने २१ वर्षीय बेलायती, इभोर राडवेले बीबीसीलाई भने –उनले वन डाइरेक्सनलाई वेम्बलीमा देखेका थिए । यो खबरले उनलाई साँच्चै झस्काएको थियो । पेनले पर्याप्त समर्थन पाएका थिए कि थिएनन् भनेर सोच्न बाध्य पारेको थियो ।

वास्तवमा, धेरै प्रशंसकहरूले उनलाई खुशी गीतका मुस्कुराउने गायकको रूपमा सम्झन्छन् । उनका अन्तिम क्षणहरू ठूला गल्तिबाट धेरै टाढा छन्। यद्यपी उनले मदिरा, मानसिक स्वास्थ्य समस्याहरू र प्रसिद्धिका संघर्षहरू र कहिलेकाहीं सानो छोराको पालनपोषणका बारेमा खुलेर कुरा गर्दै आएका थिए।

बीबीसीका अनुसार यस हप्ताको सुरुमा गायकको विरुद्ध उनकी पूर्व प्रेमी, मोडल माया हेनरीले उनीमाथि बारम्बार अवाञ्छित सम्पर्कको आरोप लगाएकी थिइन्, तर पेनले आरोपहरूको जवाफ दिएका थिएनन्।

उनको संगीत, र आफ्नो मानसिक स्वास्थ्यको बारेमा खुलापन नै केही प्रशंसकहरूलाई उनीप्रति आकर्षित गर्ने कुरा थियो।

होटल बाहिर छोडिएको एक श्रद्धाञ्जलीमा लेखिएको छ– ‘मेरो जीवन बचाएकोमा धन्यवाद। म माफी चाहन्छु, म तिम्रो जीवनका लागि केही गर्न सकिनँ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register