बाघको आक्रमणबाट त्रिसट्ठी वर्षीय थिङकाे मृत्यु

नवलपरासी। पूर्वी नवलपरासीमा बाघको आक्रमणमा परि ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी १ निवासी जितबहादुर थिङ रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेशी शाहले बताए । थिङलाई नजिकैको तिनचुली मध्यवर्ती वनमा घाँस काट्न जाँदा बिहान ११ :१० बजे बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेको कुरा छिमेकी बलराम […]

Oct 18, 2024 - 12:04
 0
बाघको आक्रमणबाट त्रिसट्ठी वर्षीय थिङकाे मृत्यु

नवलपरासी।

पूर्वी नवलपरासीमा बाघको आक्रमणमा परि ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी १ निवासी जितबहादुर थिङ रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेशी शाहले बताए ।

थिङलाई नजिकैको तिनचुली मध्यवर्ती वनमा घाँस काट्न जाँदा बिहान ११ :१० बजे बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेको कुरा छिमेकी बलराम न्यौपानेले फाेनबाट जानकारी गराए पछि वन कर्मचारीसहित प्रहरी घटना स्थल पुगेकाे थियो ।

बाघले थिङकाे घाँटीमा आक्रमण  गरेको देखिएको र घटना स्थल मुचुल्का सहित शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register