हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन हुने

Jun 13, 2023 - 01:50
 0
हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन हुने
हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन हुने

काठमाडाैं। बागमती प्रदेश युवा परिषद्ले आगामी असारको दोस्रो साता ‘बागमती प्रदेश युवा सम्मेलन, २०८०’ गर्ने भएको छ । आगामी असार ११ र १२ गते प्रदेश राजधानी हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलनको आयोजना गरिने भएको हो । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार युवाको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ४२ प्रतिशत हिस्सा ओगटेको युवापुस्तालाई विदेसिनबाट रोक्न एवं राज्य र युवाबीचको दूरी घटाउनका लागि सम्मेलन हुन लागेको जानकारी दिइन् । उनले नतिजा निकाल्ने स्तरमा काम गर्नुपर्नेमा जोड दिँदै सम्मेलनबाट प्रदेशका युवालाई सही बाटो देखाउने अवसर प्रदान हुने विश्वास व्यक्त गरिन् । मन्त्री मोक्तानले युवापुस्तालाई अभिमुखीकरण, अभिप्रेरित एवं सकारात्मक कार्यप्रति आकर्षित गर्न सम्मेलनले सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताइन् ।

दुई दिन हुने सम्मेलनमा पाँचवटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतम, सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी, युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाइँसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रियाको सहजीकरण गर्ने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले बताए ।  सम्मेलनमा उद्यमशीलताका विषयमा डा सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुङ्गेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले प्रशिक्षण दिने चौलागाईँले बताए ।

सम्मेलनमा एक सय ५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुने युवा २० देखि ३५ वर्षभन्दा कम उमेरका हुनेछन् । युवाको सहभागितालाई प्रभावकारी बनाउन हामीले जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तीमा दुईजना युवा महिलालाई सहभागी हुनेछन् । जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ, भने अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन् । यस्तै, सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुने चौलागाईँले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1