रविलाई राति नै पुर्‍याइयो पोखरा, बीच-बीचमा समर्थकहरूको नाराबाजी

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । शुक्रबार काठमाडौं साँझ पक्राउ परेका उनलाई राति ३ बजे पोखरा पुर्‍याइएको हो । उनलाई उनकै चाहनाअनुरूप सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो । प्रहरीले भने हवाईमार्गमार्फत पोखरा पुर्‍याउने भनेको थियो तर, रविले नै सडकमार्ग हुँदै जाने चाहना राखेपछि उनलाई […]

Oct 19, 2024 - 02:04
 0
रविलाई राति नै पुर्‍याइयो पोखरा, बीच-बीचमा समर्थकहरूको नाराबाजी

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

शुक्रबार काठमाडौं साँझ पक्राउ परेका उनलाई राति ३ बजे पोखरा पुर्‍याइएको हो । उनलाई उनकै चाहनाअनुरूप सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो ।

प्रहरीले भने हवाईमार्गमार्फत पोखरा पुर्‍याउने भनेको थियो तर, रविले नै सडकमार्ग हुँदै जाने चाहना राखेपछि उनलाई सडकमार्गमार्फत नै लगिएको हो ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ ।

काठमाडौंदेखि पोखरा पुर्‍याउँदा बीच-बीचमा उनका समर्थकहरूले नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री केपीशर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतका विरुद्ध नाराबाजी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register