भारतमा बेचिएका १२ बालबालिकाको उद्धार

झापा, ३ कात्तिक । भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरिएको छ । भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरिएको हो । नेपाल–भारतमा मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो । उद्धार गरिएकामा ९ जना बालिका, एकजना [...] The post भारतमा बेचिएका १२ बालबालिकाको उद्धार appeared first on Jhapa Online.

Oct 19, 2024 - 12:54
 0
भारतमा बेचिएका १२ बालबालिकाको उद्धार

झापा, ३ कात्तिक । भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरिएको छ ।

भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरिएको हो । नेपाल–भारतमा मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।

उद्धार गरिएकामा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इन्डियाले भैरहवास्थित विभिन्न संस्थाहरूको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो। उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १–१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।

The post भारतमा बेचिएका १२ बालबालिकाको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register