अमेरिका विरुद्ध नेपालको मध्यम सुरुवात

झापा, ४ कात्तिक । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो टी–२० खेलमा घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेको छ। अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा ३४ रन बटुलेको छ। ६ ओभरको समाप्तीमा नेपालले १ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ। क्रिजमा ओपनर अनिल शाह १५ र कुशल [...] The post अमेरिका विरुद्ध नेपालको मध्यम सुरुवात appeared first on Jhapa Online.

Oct 20, 2024 - 02:32
 0
अमेरिका विरुद्ध नेपालको मध्यम सुरुवात

झापा, ४ कात्तिक । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो टी–२० खेलमा घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेको छ।

अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा ३४ रन बटुलेको छ। ६ ओभरको समाप्तीमा नेपालले १ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।

क्रिजमा ओपनर अनिल शाह १५ र कुशल भुर्तेल १७ रनमा अविजित छन्। अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे। नेपालले पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो। नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

तीन खेलको सिरिजमा नेपाल आजको खेलमा अमेरिकालाई हराउँदै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ। उता अमेरिका भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ।

The post अमेरिका विरुद्ध नेपालको मध्यम सुरुवात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register