माओवादी विद्यार्थीको विरोध: एमाले पार्टी कार्यालय बनाउन भन्दै रु १ सहयोग (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु १ सहयोग संकलन भन्दै अखिल क्रान्तिकारीले आज प्रदर्शनीमार्गमा सांकेतिक विरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनले आज नेपाल ल क्याम्पस अघि प्रदर्शन गरेका हुन् । कार्यक्रममा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु १ सहयोग उठाइएको छ […]

Oct 20, 2024 - 08:07
 0
माओवादी विद्यार्थीको विरोध: एमाले पार्टी कार्यालय बनाउन भन्दै रु १ सहयोग (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु १ सहयोग संकलन भन्दै अखिल क्रान्तिकारीले आज प्रदर्शनीमार्गमा सांकेतिक विरोध गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनले आज नेपाल ल क्याम्पस अघि प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु १ सहयोग उठाइएको छ ।

भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने भनेपछि यो विषय चर्चामा छ । दान दिएको भनिए पनि कमिसनमा मोलाहिजा भएको भन्दै विरोध भएपछि अखिल क्रान्तिकारीले पनि विरोध जनाएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register