रास्वपाको आन्दोलन हटाउन पानीको फोहोरा हान्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि पानीको फोहोरा हान्ने प्रहरीले तयारी गरेको छ । निषेधाज्ञा जारी गरेको स्थानमा रास्वपाका समर्थकले प्रदर्शन गरेपछि पानीको फोहोरा हान्ने तयारी गरिएको हो । रास्वपाका सभापति रवि लामिछाने पक्राउ विरुद्ध आनदोलन चर्किने देखिएपछि कास्की प्रशासनले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन […]

Oct 20, 2024 - 08:37
 0
रास्वपाको आन्दोलन हटाउन पानीको फोहोरा हान्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि पानीको फोहोरा हान्ने प्रहरीले तयारी गरेको छ । निषेधाज्ञा जारी गरेको स्थानमा रास्वपाका समर्थकले प्रदर्शन गरेपछि पानीको फोहोरा हान्ने तयारी गरिएको हो ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ विरुद्ध आनदोलन चर्किने देखिएपछि कास्की प्रशासनले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुनसक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register