मनाङमा लेक लागेर पर्यटकको मृत्यु, १० विदेशी र २३ जना नेपालीको उद्धार

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी […]

Oct 20, 2024 - 10:55
 0
मनाङमा लेक लागेर पर्यटकको मृत्यु, १० विदेशी र २३ जना नेपालीको उद्धार

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए ।

राति सकुशल सेतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर आइतबार बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो,’ प्रहरी निरीक्षक केसीले भने, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।’

उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए ।

रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register