केटी भेट्न नदिएको निहुँमा पाँच साथीले गरेका थिए कृष्णकुमारको हत्या

काठमाडौं । सिरहामा लागुऔषध सेवनकर्ताको ५ जनाको समूहले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत असोज २८ गते साँझ सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव फेला फेला […]

Oct 21, 2024 - 06:37
 0
केटी भेट्न नदिएको निहुँमा पाँच साथीले गरेका थिए कृष्णकुमारको हत्या

काठमाडौं । सिरहामा लागुऔषध सेवनकर्ताको ५ जनाको समूहले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।

गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

गत असोज २८ गते साँझ सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव फेला फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले बताए ।

घटना असोज २७ गते रातिको हो । कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू पनि भेट भए ।

उनीहरु सबैले लागुपदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे ।

डीएसपी पासवानकाअनुसार त्यसक्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना रहेको साथीहरुलाई सुनाए । उनीसँगै रहेका उनका अरू साथीहरूले पनि ती केटीसँग भेट्ने बताएपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै गएपछि पाँचै जनाले कृष्णलाई घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको खुलेको डीएसपी पासवानले जानकारी दिए ।

हत्यापछि उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए ।

गत कात्तिक २ गते राति आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register