नेप्सेमा ५७.९९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन पनि सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३ सय १९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Oct 21, 2024 - 10:31
 0
नेप्सेमा ५७.९९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन पनि सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा पुगेको छ ।

नेप्सेमा कुल ३ सय १९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । यस कम्पनीको २२ करोड ३ लाख ६७ हजार ८ सय ५९. ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै नाफा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

यता, ङ्गादि ग्रुप पावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register