जापानिज इन्सेफ्लाइटिसबाट एघार वर्षीय बालकको मृत्यु

उदयपुर।  उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडा चापका एक बालकको जापनिज इन्सेफ्लाइटिसबाट उपचारका क्रममा बिराटनगरमा मृत्यु भएको बुझिएको छ । त्रियुगा नपा ३ मोतिगडमा रहेको स्टान्डार्डभिजन एकेडेमी स्कुलमा कक्षा ५ मा अध्ययनरत सुनसेर राई र घमसरी राईकी ११ वर्षका छोरा अनमोल राईको मृत्यु भएको सो स्कुलका  प्रबन्ध निर्देशक नवराजसिंह ठकुरीले बताए । प्रबन्ध निर्देशक […]

Oct 21, 2024 - 13:18
 0
जापानिज इन्सेफ्लाइटिसबाट एघार वर्षीय बालकको मृत्यु

उदयपुर।

 उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडा चापका एक बालकको जापनिज इन्सेफ्लाइटिसबाट उपचारका क्रममा बिराटनगरमा मृत्यु भएको बुझिएको छ ।

त्रियुगा नपा ३ मोतिगडमा रहेको स्टान्डार्डभिजन एकेडेमी स्कुलमा कक्षा ५ मा अध्ययनरत सुनसेर राई र घमसरी राईकी ११ वर्षका छोरा अनमोल राईको मृत्यु भएको सो स्कुलका  प्रबन्ध निर्देशक नवराजसिंह ठकुरीले बताए ।

प्रबन्ध निर्देशक ठकुरीले सोमबार एक विज्ञप्ति निकालेर मंगलबार मृतक राईको शोक मनाउन विद्यालय बिदा दिइएको बताएका छन् । 

बिराटनगर स्थित बिराट टिचिङ् अस्पतालका अधिकृत प्रमेशराज देवकोटाले आइतबार बिहान २ बजेतिर जापनिज इन्सेफ्लाइटिसका कारण अनमोल राईको मृत्यु भएको पुष्टि गरेका छन् । उनले जापनिज यन्सेफ्लाइटिसबाट राई थरका दुई जनाको उपचार भएकोमा अनमोल राईको राती मृत्यु भएको बताए ।

बिराट शिक्षण अस्पतालबाट प्राप्त जानकारी अनुसार मृतक राई गत साउन देखि नै बिरामी भै बिराट शिक्षण अस्पताल बिराटनगरमा उपचाररत रहेका थिए । उनीसँगै अर्का राई थरकै बालक पनि सोही रोगबाट उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register