रुपन्देहीमा छविको बयान जारी, बाहिर सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान दिइरहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितलगायतका अनुसन्धान अधिकृतहरूले जोशीको बयान लिइरहेका छन् । ६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका […]

Oct 22, 2024 - 10:07
 0
रुपन्देहीमा छविको बयान जारी, बाहिर सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान दिइरहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितलगायतका अनुसन्धान अधिकृतहरूले जोशीको बयान लिइरहेका छन् ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो ।

जोशीको बयान चलिरहँदा जिल्ला अदालत अगाडि सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register