भारतसँगको सीमा गस्तीसम्बन्धी सम्झौतामा बोल्यो चीन

काठमाडौं । भारत र चीनबीच सीमा निगरानीसम्बन्धी सम्झौता भएको प्रतिवेदनलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले यस विषयमा प्रगति भएको पुष्टि गर्दै चीन र भारतले सीमा विवादमा कूटनीतिक र सैन्य तहमा घनिष्ठ वार्ता जारी राखेको बताएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताकाअनुसार दुवै पक्ष महत्वपूर्ण मुद्दाहरूमा समाधानमा […]

Oct 22, 2024 - 11:55
 0
भारतसँगको सीमा गस्तीसम्बन्धी सम्झौतामा बोल्यो चीन

काठमाडौं । भारत र चीनबीच सीमा निगरानीसम्बन्धी सम्झौता भएको प्रतिवेदनलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले यस विषयमा प्रगति भएको पुष्टि गर्दै चीन र भारतले सीमा विवादमा कूटनीतिक र सैन्य तहमा घनिष्ठ वार्ता जारी राखेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताकाअनुसार दुवै पक्ष महत्वपूर्ण मुद्दाहरूमा समाधानमा पुगेको छ, जसलाई चीनले सकारात्मक रूपमा लिएको छ ।

भारत-चीनबीच सम्बन्ध सुधार होला ? नयाँ सम्झौतामा के छ ?

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सकाअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस समाधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न चीनले अर्को चरणमा भारतसँग मिलेर काम गर्ने बताएको छ ।

यसअघि सोमबार भारतीय विदेश मन्त्रालयले भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा अर्थात एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको बताएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register