लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन् । नवनियुक्त मन्त्री तिमिल्सिना […]

Oct 24, 2024 - 07:49
 0
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको संख्या ११ पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register