रावल, पाण्डे र तिम्सिनालाई एमालेको स्पष्टिकरण, सात दिनभित्र जवाफ दिन निर्देशन
काठमाडौं । नेकपा एमालेले भीम रावलसहितका तीन जना नेतालाई स्पष्टीकरण सोधेको छ । महासचिव शंकर पोखरेलले रावलसहित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधेर पत्र पठाएका हुन् । एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो […]
काठमाडौं । नेकपा एमालेले भीम रावलसहितका तीन जना नेतालाई स्पष्टीकरण सोधेको छ ।
महासचिव शंकर पोखरेलले रावलसहित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधेर पत्र पठाएका हुन् ।
एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पत्रमा पार्टीको निर्णय विपरीत बोलेर विधानको धारा ८१,३ उल्लंघन गरिएको दाबी गरिएको छ ।
यस्तै पत्रमा ‘विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ?’ भन्दै सात दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।
उनीहरुले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गर्दै उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।
गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।
२५ गते गुरुङसहित एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।
तीन नेतालाई पठाइएको पत्रमा भूकम्पले बल्खुको कार्यालय भत्किएको, च्यासलको कार्यालयमा बाढी पसेको, नयाँ कार्यालय बनाउन समिति बनाएर कार्यकर्तासँग रकम संकलन गरिएको जस्ता विषय पनि स्मरण गराइएको छ ।
स्पष्टिकरण सोधिएकामध्ये तिम्सिनाले नेपालभ्युजसँग भनिन्, ‘हामीहरुले जे विषय उठाएका थियौं ति सही थिए र त्यसमा अहिले पनि अडिग छु । पार्टीले सोधेको स्पष्टिकरणको जवाफ मज्जाले दिनेछु ।’
What's Your Reaction?