हल्लापछि खोज्दा भिस्ताराको जहाजमा भेटिएन बम, यात्रु लिएर उड्यो दिल्ली

काठमाडौं । हल्ला पछि भिस्ताराको जहाजमा बम खोज्दा नरहेको नभेटिएपछि यात्रु लिएर दिल्ली गएको छ ।  नागरिक उड्ड्यन प्राधिकरणका अनुसार मंगबालर दिउँसो ४ ः३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम भेटिएपछि फेरि दिल्ली उडेको हो । साढे ४ बजेदेखि सुरु भएको जहाज जाँच ७ बजे […]

Oct 23, 2024 - 02:19
 0
हल्लापछि खोज्दा भिस्ताराको जहाजमा भेटिएन बम, यात्रु लिएर उड्यो दिल्ली

काठमाडौं । हल्ला पछि भिस्ताराको जहाजमा बम खोज्दा नरहेको नभेटिएपछि यात्रु लिएर दिल्ली गएको छ ।  नागरिक उड्ड्यन प्राधिकरणका अनुसार मंगबालर दिउँसो ४ ः३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम भेटिएपछि फेरि दिल्ली उडेको हो ।

साढे ४ बजेदेखि सुरु भएको जहाज जाँच ७ बजे सकिएपछि अबेर यात्रु लिएर उड्यो ।

नागरिक उड्ड्यन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा जहाजमा कुनै पनि बम भेटिएन ।

अज्ञात समूहले भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिनेक्रम मंगलबार काठमाडौंमा अवतरण भएको भारतको निजी वायुसेवा भिस्ताराले पनि खेपेको हो ।

बमको खबरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्ताराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो ।

कुनै पनि वायुयानमा बमको हल्ला प्राप्त भएपछि जहाजलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई बम रहे नरहेको यकिन गर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । सोही अनुसार चेकजाँच गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register