इङल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मुरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्। २८ बर्षीय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको । लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् । एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । यस अघि पोखराले वेस्ट इन्डिजका […]

Oct 23, 2024 - 08:36
 0
इङल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मुरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्।

२८ बर्षीय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको । लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् ।

एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । यस अघि पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register