बंगलादेशमा प्रदर्शनकारीले कब्जा गरे राष्ट्रपति भवन

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ‘बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि, प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय सहितद मिनारमा भएको र्‍यालीमा राष्ट्रपतिको राजीनामासहित पाँचबुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्गभवनतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सेनाले ब्यारिकेड लगाएर […]

Oct 23, 2024 - 09:25
 0
बंगलादेशमा प्रदर्शनकारीले कब्जा गरे राष्ट्रपति भवन

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ‘बङ्गभवन’ कब्जा गरेका छन् ।

यसअघि, प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय सहितद मिनारमा भएको र्‍यालीमा राष्ट्रपतिको राजीनामासहित पाँचबुँदे मागको घोषणा गरेको थियो ।

राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्गभवनतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बंगलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।

“राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ,” एकजना प्रदर्शनकारीले भने ।

मोहम्मद साहाबुद्दिन बंगलादेशका १६औँ राष्ट्रपति हुन् । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ । त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी संगनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

प्रदर्शनकारीहरूले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको थियो । बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बंगलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।

हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । एएनआई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register