महन्थ-रञ्जितालाई बालुवाटारमा प्रधानमन्त्रीको केरकार

काठमाडौं । सत्ता साझेदार दलहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई बालुवाटारमा केरकार गरिएको छ । बुधबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका नेताहरूले महन्थ-रञ्जितालाई केरकार गरेका हुन् । महन्थ र रञ्जिता यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी […]

Oct 23, 2024 - 09:31
 0
महन्थ-रञ्जितालाई बालुवाटारमा प्रधानमन्त्रीको केरकार

काठमाडौं । सत्ता साझेदार दलहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई बालुवाटारमा केरकार गरिएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका नेताहरूले महन्थ-रञ्जितालाई केरकार गरेका हुन् ।

महन्थ र रञ्जिता यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीले यसबारे उनीहरूलाई सोधेका हुन् । बैठकमा सहभागी एक नेताले भने, “एजेन्डाका रूपमा कुरा उठेन तर, कुराचाहिँ भयो । उहाँहरूले आ-आफ्नो जवाफ दिनुभयो ।”

महन्थलाई उद्धृत गर्दै ती नेताले भने, “बाढी, पहिरो के-के भनेर मलाई त झुक्काएर बोलाइयो । म गएँ । जाँदा अर्कै कुरा रहेछ ।”

रञ्जिताले भने बैठक स्थलमा आफू पुग्दा बैठक सकिएकाले सहभागी नजनाएको जवाफ दिएकी छन् ।

अन्तिममा प्रधानमन्त्री ओलीले प्रचण्ड र विपक्षी दलका नेताहरूले झुक्काउनु ठूलो कुरा नभएको ब्रिफिङ गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register