आक्रमणपछि पुण्य गौतमको दृष्टि धमिलो स्मरण शक्ति पनि कमजोर, प्रधानमन्त्रीको गराए ध्यानाकर्षण

काठमाडौं । टाउको आक्रमणपछि सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतमको आँखाको दृष्टि र स्मरण शक्तिमा कमी आएको छ । दुईसाता लामो अस्पतालको उपचारपछि घर फर्किएर आराम गरिरहेका गौतम पहिलाको अवस्थामा अझै नआइपुगेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । दशैंअघि गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि दुर्गा प्रसाईंका कार्यकर्ताबाट रड प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट गौतमको […]

Oct 27, 2024 - 09:13
 0
आक्रमणपछि पुण्य गौतमको दृष्टि धमिलो स्मरण शक्ति पनि कमजोर, प्रधानमन्त्रीको गराए ध्यानाकर्षण

काठमाडौं । टाउको आक्रमणपछि सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतमको आँखाको दृष्टि र स्मरण शक्तिमा कमी आएको छ ।

दुईसाता लामो अस्पतालको उपचारपछि घर फर्किएर आराम गरिरहेका गौतम पहिलाको अवस्थामा अझै नआइपुगेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

दशैंअघि गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि दुर्गा प्रसाईंका कार्यकर्ताबाट रड प्रहार भएको थियो ।

धारिलो हतियार प्रहारबाट गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ ।

‘टाउकोमा धेरै पटक प्रहार भएको थियो । त्यो चोटको असरको कारण मेरो दृष्टि धमिलो छ । स्मरण शक्तिमा समेत ह्रास आएको छ । यहाँ उपचार भएन भने थप उपचारको लागि विदेश जानुपर्ने अवस्था छ’ गौतमले भने ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौतमले भेट गरेका छन् । बालुवाटारमा भेटेर ओलीले गौतमको स्वास्थ्यको विषयमा जानकारी लिएका थिए । दोषीलाई कारबाही गराउने समेत ओलीले प्रतिबद्धता जनाए ।

यसैबीच मानवअधिकारकर्मी कृष्ण पहाडी र होमकान्त चौलागाई पनि पुन्यगौतमलाई भेटेर दोषीमाथि कारबाही गराउन दबाब दिने प्रतिबद्धता जनाएका छन् । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी र पूर्व सभापति होमकान्त चौलागाई गौतम निवास जोरपाटीमा पुगेर घटनाबारे चासो राखेका हुन् ।

घटनामा संलग्न २ जना व्यक्ति पक्राउ परेका छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register