कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्रमा कला क्षेत्रले ठुलो योगदान पुर्‍याएको बताएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आव २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उक्त अवसरमा मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका […]

Oct 23, 2024 - 09:37
 0
कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्रमा कला क्षेत्रले ठुलो योगदान पुर्‍याएको बताएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आव २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उक्त अवसरमा मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको भन्दै सो प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने बताए ।

उनले भने, ‘तपाईंहरुले सीमित स्रोत र साधनका बिच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ ।’ उनले प्रतिष्ठानबाट थप काम र गतिशीलताको अपेक्षा गरेको सुनाउँदै यथोचित समन्वय र सहकार्य गर्दै अगाडी बढ्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले प्रतिष्ठानले लिएका नीति तथा कार्यक्रमले देशको कला र संस्कृतिमा सकारात्मक प्रभाव पर्ने विश्वास आफूले लिएको विचार व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register