फुटबल फ्यानमाथि आक्रमण भएपछि इजरायली विदेशमन्त्री नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं । इजरायलका विदेशमन्त्री गिडोन सार ‘आवश्यक कूटनीतिक भ्रमण’का लागि नेदरल्यान्ड्सतर्फ लागेका छन् । नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा इजरायली फुटबल फ्यानहरूमाथि आक्रमण भएको अधिकारीहरूले बताएका छन्, जसले पुलिसलाई हस्तक्षेप गर्न बाध्य पारेको छ । हिजो राति इजरायली क्लब मकाबी तेल अवीभ युरोपियन लिग खेलको लागि नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा थियो । जहाँ खेलका क्रममा आक्रमण भएको थियो […]

Nov 8, 2024 - 10:45
 0
फुटबल फ्यानमाथि आक्रमण भएपछि इजरायली विदेशमन्त्री नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं । इजरायलका विदेशमन्त्री गिडोन सार ‘आवश्यक कूटनीतिक भ्रमण’का लागि नेदरल्यान्ड्सतर्फ लागेका छन् ।

नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा इजरायली फुटबल फ्यानहरूमाथि आक्रमण भएको अधिकारीहरूले बताएका छन्, जसले पुलिसलाई हस्तक्षेप गर्न बाध्य पारेको छ ।

हिजो राति इजरायली क्लब मकाबी तेल अवीभ युरोपियन लिग खेलको लागि नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा थियो । जहाँ खेलका क्रममा आक्रमण भएको थियो ।

नेदरल्यान्ड्स प्रहरीका अनुसार एम्स्टर्डममा रातभरि भएको आक्रमणपछि पाँच जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ र ६२ जनालाई पक्राउ गरिएको छ ।

इजरायलका विदेशमन्त्री सारले आक्रमणलाई ‘युरोप र विश्वका लागि खतराको घण्टी’ भनेका छन् ।

उनले यो पनि भने, ‘स्वतन्त्रता प्रेमी र प्रजातान्त्रिक राष्ट्रले घृणालाई सडकमा स्वतन्त्र रूपमा घुम्न दिन सक्दैन । इतिहासले हामीलाई देखाएको छ यहूदीहरूविरूद्ध सुरु भएको उत्पीडन र हिंसा तिनीहरूबाट कहिल्यै समाप्त हुँदैन ।’

डच प्रधानमन्त्री डिक शोफले इजरायलमा ‘यहूदी विरोधी आक्रमण’को निन्दा र शहर अब शान्त भएको बताए ।

सामाजिक सञ्जालमा यी हमलाहरूका बारेमा धेरै भिडिओहरू भाइरल भएका छन्, जसमा एउटा भिडिओमा एक व्यक्तिलाई भुइँमा लडाएर पिटेको देखाइएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणको सुरुमा आफूले एम्स्टर्डममा दुईवटा उद्धार विमान पठाएको बताएका थिए । तर, पछि यो योजना रद्द गरी आफ्ना नागरिकलाई ल्याउन सिभिल एअरलाइन्सको विमान पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register