सरकारको १०० दिनबारे राजनीतिक विश्लेषक- पूर्ण रूपमा असफल भयो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो ‘हनीमून पिरियड’ अर्थात् १०० दिन गुजारेको छ । यस अवसरमा सत्तासीन दलहरूले सरकारले गजब काम गरेको निष्कर्ष निकालेका छन् । तर, विपक्षी दलहरूले भने सरकारले गर्नैपर्ने कामचाहिँ एउटा पनि नगरेको टिप्पणी गरेका छन् । त्यसो त यो नयाँ चलन भने होइन कि सरकारका […]

Oct 23, 2024 - 13:55
 0
सरकारको १०० दिनबारे राजनीतिक विश्लेषक- पूर्ण रूपमा असफल भयो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो ‘हनीमून पिरियड’ अर्थात् १०० दिन गुजारेको छ ।

यस अवसरमा सत्तासीन दलहरूले सरकारले गजब काम गरेको निष्कर्ष निकालेका छन् । तर, विपक्षी दलहरूले भने सरकारले गर्नैपर्ने कामचाहिँ एउटा पनि नगरेको टिप्पणी गरेका छन् ।

त्यसो त यो नयाँ चलन भने होइन कि सरकारका कामकारबाहीलाई सत्तापक्षले राम्रो र विपक्षले नराम्रो भन्ने !

त्यसोभए यसबारे राजनीतिक विश्लेषकहरूचाहिँ के भन्छन् ? यहाँ हामीले केही राजनीतिक विश्लेषकहरूको धारणा समेटेका छौँ ।

डम्बर खतिवडा

सरकार १०० दिनमा एक प्रकारले असफल भएको देखिन्छ । यद्यपि, यो १०० दिनको विश्लेषण गर्नुपर्ने खालको सरकार हो कि होइन भन्ने प्रश्न अर्कोतिर छ । किनभने यो सरकार चुनावी जनमतअनुसारको होइन । चुनावी जनमत यस्तो थिएन । तसर्थ, यो सरकारको १०० दिनको विश्लेषण गर्दा जनमतको उपहास होला कि !

यद्यपि, यसो हेर्दा यो सरकार सफल भएन भन्न सकिन्छ । अर्थतन्त्र, सुशासनलगायतका विषयमा सरकारले गतिलो कदम नै चालेन । सुरुवात गर्नुपर्ने कामको सुरु नै गरेन ।

सहकारी ठगीसम्बन्धी पनि राम्रोसँग अनुसन्धान भइरहेको छैन । सरकारले आफ्नो नजिकका व्यक्तिलाई उन्मुक्ति दिइरहेको भन्ने कुरा बाहिर चर्चामा छ । बाढी-पहिरोका सन्दर्भमा पनि प्रश्नहरू उठेकै हुन् । यसर्थ, सरकार लगभग असफल नै हो ।

हरि रोका

उहाँहरूबाट अपेक्षा नै छैन, त्यही भएर विश्लेषण र समीक्षा गर्न मन पनि खासै लाग्दैन । तर, पनि सोधिहाल्नुभयो, यो सरकार पूरै असफल हो ।

तर, खास कुराचाहिँ १०० दिनको मात्रै समीक्षा गर्ने कुरै होइन, पूरै यसबीचको १७/१८ वर्षको समीक्षा हुनुपर्छ । यो १७ वर्षमा उहाँहरूले के-के गर्नुभयो ? कांग्रेस-कम्युनिष्ट, त्यसमा पनि यी प्रचण्ड, ओली, देउवाहरू नै हुन् तर, गर्नुभयो चाहिँ के त ?

यी हुन् सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

उहाँहरूका लागि के १०० दिन, के १६५ दिन, के ५ वर्ष, के १७ वर्ष ? सबै त्यस्तै हो । शैली फेरिने होइन, व्यक्ति फेरिने हैनन् । त्यसकारण यो १०० दिनको बारेमा पनि मेरो भन्नु केही पनि छैन ।

गेजा शर्मा वाग्ले

सरकारको उपलब्धि औसत, कमभन्दा बढी ! प्रारम्भमा कांग्रेस-एमाले गठबन्धनप्रति जनतामा एक प्रकारको आशा-अपेक्षा नै थिए तर, १०० दिनको काम हेर्दा त्यो आशा निराशामा परिणत भएका छन् ।

सरकारले १०० दिनमा धेरै काम गर्न नसके पनि सेवा प्रवाह गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासनको प्रत्याभूति गराउने काम गर्न सक्थ्यो तर, सरकारले त्यो गरेन । बरु एकपछि अर्को विवादित निर्णय गर्ने, विकास निर्माणमा ध्यान नदिनेलगायत गर्‍यो ।

यद्यपि, प्रारम्भमा संविधान संशोधनसमेत भनिएकाले जनअपेक्षा थियो तर, अहिले त्यो छैन । ती सबै अपेक्षा अहिले निराशामा परिणत भएका छन् ।

  • सम्बन्धित सामग्री

ओली सरकारसँग फेसबूक प्रयोगकर्ता आक्रोशित, सय दिनको कामबारे दिए यस्तो मत

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register