थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता, गुणस्तरीय सेवा पाउँदै नागरिक

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सेवा सम्झौता भएको छ । बिहीबार गाउँपालिका केन्द्र मुक्लीमा भएको सम्झौतामा गाउँपालिका अध्यक्ष असिम राई, बोर्डका सोलुखुम्बु दर्ता अधिकारी प्रदीपबाबू बस्नेत र अस्पतालका प्रमुख (डिजीपी) अजय चौधरीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि आगामी मंसिर १ गतेदेखि बिमितले थुलुङ दुधकोशी अस्पतालबाट वार्षिक रूपमा […]

Oct 24, 2024 - 08:07
 0
थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता, गुणस्तरीय सेवा पाउँदै नागरिक

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सेवा सम्झौता भएको छ ।

बिहीबार गाउँपालिका केन्द्र मुक्लीमा भएको सम्झौतामा गाउँपालिका अध्यक्ष असिम राई, बोर्डका सोलुखुम्बु दर्ता अधिकारी प्रदीपबाबू बस्नेत र अस्पतालका प्रमुख (डिजीपी) अजय चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आगामी मंसिर १ गतेदेखि बिमितले थुलुङ दुधकोशी अस्पतालबाट वार्षिक रूपमा १ लाख बराबरको स्वास्थ्योपचारमा सेवा प्राप्त गर्ने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

“जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकाहरूको हकमा सरकारले बीमा कार्ड उपलब्ध गराएपछि सेवा प्राप्त गर्नेछन् भने अन्यको हकमा ३ हजार ५ सय रुपैयाँ तिरेर सेवा प्राप्त गर्न सक्नेछन्,” प्रवक्ता कार्कीले भने ।

गाउँपालिका अध्यक्ष असिम राईले आफ्नै अस्पतालमा गुणस्तरीय र शुलभ सेवा प्रवाह गर्ने आफ्नो ध्येय रहेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register