कोसी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता सुरु
काठमाडौँ । कोसी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी बीचको वार्ता सुरु भएको छ । विराटनगरस्थित बिग होटलमा डेढ घण्टा ढिलो गरी वार्ता सुरु भएको हो ।
गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोसी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो, जुन आन्दोलनमा एक जनाको मृत्यु समेत भएको थियो ।
What's Your Reaction?






