सर्वाधिक महँगो नेपाल फाइनान्सको वित्तीय अवस्था ‘बिजोग’, खुद घाटा झण्डै अढाई करोड, ईपीएस पनि ऋणात्मक 

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले झण्डै अढाई करोड घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले कुल २ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो ।  कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २ करोड २ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो […]

Oct 24, 2024 - 09:25
 0
सर्वाधिक महँगो नेपाल फाइनान्सको वित्तीय अवस्था ‘बिजोग’, खुद घाटा झण्डै अढाई करोड, ईपीएस पनि ऋणात्मक 

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले झण्डै अढाई करोड घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले कुल २ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो । 

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २ करोड २ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेपछि घाटा बढेको हो । 

समीक्षा अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १९४ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यसवअधिमा कम्पनीको वितरणयोग्य मुनाफा पनि २५ करोड रुपैयाँ ऋणात्मक छ । 

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८७ पैसा रहेको छ । हाल कम्पनीको जगेडा कोषमा ४६ करोड १३ लाख रुपैयाँ छ । यो फाइनान्स समूहको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register