उन्नति सांस्कृतिक भिलेजमा दशैं तिहार कला उत्सव

नवलपरासी । उन्नति कल्चर भिलेज हर्कपुरको आयोजनामा चाडपर्व लक्षित चित्रकला प्रतियोगिता तथा प्रदर्शनी हुने भएको छ । दशैं तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा कला प्रतयोगिताका साथै स्थानीय थारू संसकृति झल्कने प्रस्तुति रहने बिहिबार प्रेस सम्मेलन गरी जानकारी गराइएको छ । सम्मेलनमा उन्नति सांस्कृतिक गाउँ हर्कपुरका कला संस्कृति विभाग प्रमुख रोशन भटाईले चित्रकलामै केही गर्छु भनेर […]

Oct 24, 2024 - 09:54
 0
उन्नति सांस्कृतिक भिलेजमा दशैं तिहार कला उत्सव

नवलपरासी ।

उन्नति कल्चर भिलेज हर्कपुरको आयोजनामा चाडपर्व लक्षित चित्रकला प्रतियोगिता तथा प्रदर्शनी हुने भएको छ ।

दशैं तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा कला प्रतयोगिताका साथै स्थानीय थारू संसकृति झल्कने प्रस्तुति रहने बिहिबार प्रेस सम्मेलन गरी जानकारी गराइएको छ ।

सम्मेलनमा उन्नति सांस्कृतिक गाउँ हर्कपुरका कला संस्कृति विभाग प्रमुख रोशन भटाईले चित्रकलामै केही गर्छु भनेर लागि परेका देशका हरेक युवाहरूका लागि उत्सव फलदायी हुने बताए ।

सिजी ग्रुप अन्तर्गतको उन्नति कल्चर भिलेजले देशको कला संस्कृतिको जगेर्ना तथा नयाँ कलाकारहरूको प्रोत्साहन स्वरूप कला उत्सव तथा प्रदर्शनी गर्दै आएको छ ।

कला उत्सव तथा प्रदर्शनीमा जिल्ला स्थित स्थानीय विद्यालय,कलेजका विद्यार्थीएवं कलाकर्मीले चित्रकला प्रतयोगितामा सहभागिता हुने छन् । कला संस्कृति एवं दशैं तथा तिहार उत्सव २०८१ मा विभिन्न स्थानीय उत्पादन तथा खानाका स्टलहरू,थारू,मगर सांस्कृतिक नृत्य, गायक तथा वाध्यवादनका प्रस्तुति रहने जनाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register