१०० दिने उपलब्धि सार्वजनिक गर्दै मन्त्री अधिकारीले भने- ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य भेट्नेगरी काम गर्छौँ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य भेट्नेगरी काम गरिरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा सयदिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । “हामी समृद्ध नेपाल, सुखी नेपालको लक्ष्यलाई भेट्नेगरी काम गर्छौँ,” मन्त्री अधिकारीले भने, “पुराना समस्याहरूलाई हल गरेर नयाँ प्रक्रियाबाट […]

Oct 24, 2024 - 10:31
 0
१०० दिने उपलब्धि सार्वजनिक गर्दै मन्त्री अधिकारीले भने- ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य भेट्नेगरी काम गर्छौँ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य भेट्नेगरी काम गरिरहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा सयदिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

“हामी समृद्ध नेपाल, सुखी नेपालको लक्ष्यलाई भेट्नेगरी काम गर्छौँ,” मन्त्री अधिकारीले भने, “पुराना समस्याहरूलाई हल गरेर नयाँ प्रक्रियाबाट अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ ।”

अगाडि उनले भने, “हिजोको सत्ताले राम्रोसँग काम गरेन, हिजोको ऐनले राम्रोसँग काम गरेन । त्यसैले हामीले परिवर्तन गर्‍यौँ, अहिले फाइल आएको छ तर, त्यो खोल्नका लागि ऐन संशोधन गर्नुपर्छ र त्यसका लागि समय लाग्छ ।”

उनले नीतिगत जटिलतालाई चिर्दै काम गर्ने प्रयास गरिरहेको बताए । अहिलेसम्म २७ वटा काम गरेको उनले बताए । “केही-केही कार्यक्रमहरू पाइपलाइनमा छन् । केही कामको थालनी गरेका छौँ । बिर्ताका समस्याहरू, २०१६ सालमा उन्मूलन भयो तर, कतिपय जिल्लामा समस्या छन् । त्यसको समाधान गर्नका लागि छलफल गरेर अगाडि बढेका छौँ । यस्तै यस्तै कामहरू गरेका छौँ ।”

उनले सहकारी समस्यामा पनि मन्त्रालयले काम गरिरहेको बताए । जम्मा २२ वटा सहकारीको समस्याबारे काम गरिरहेको उल्लेख गर्दै उनले भने, “यो वर्षभित्र कम्तीमा १० वटा सहकारीको समस्या समाधान गर्ने भन्ने छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register