नुहाउने क्रममा राप्ती नदीले बगाउँदा तीन बालिकाको मृत्यु

काठमाडौं । राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको डीएसपी ईश्वर थापाले जानकारी दिए । मृत्यु हुनेमा लमही-२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही स्थानकी १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका-४ खडकपुर घर भई लमही५ मा बस्ने १२ वर्षीया कृष्टी चौधरी छन् । […]

Oct 24, 2024 - 12:55
 0
नुहाउने क्रममा राप्ती नदीले बगाउँदा तीन बालिकाको मृत्यु

काठमाडौं । राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको डीएसपी ईश्वर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा लमही-२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही स्थानकी १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका-४ खडकपुर घर भई लमही५ मा बस्ने १२ वर्षीया कृष्टी चौधरी छन् ।

उनीहरु बिहीबार अपराह्न सवा ३ बजे राप्तीमा नुहाउन गएका थिए । नुहाउने क्रममा बगाएको हो ।

तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register