भारतीय सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको  सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ । ३ करोडभन्दा बढी लागतमा सम्पन्न परियोजनाको विहीबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । ‘नेपाल–भारत […]

Oct 24, 2024 - 16:19
 0
भारतीय सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको  सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।

३ करोडभन्दा बढी लागतमा सम्पन्न परियोजनाको विहीबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आँबुखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको र जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।

आँबुखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्राहरू रहेका छन् ।

भारतीय दूतावासले भवन निर्माणबाट आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register