युरोप क्रिकेट टुर्नामेन्टमा लन्डनबाट पहिलोपटक नेपाली क्लव

लन्डन । लन्डनका नेपाली युवाको क्लव माया क्रिकेट क्लवले युरोपमा प्रतिष्पर्धा गर्ने भएको छ । स्पेनमा यही २५ देखि २७ अक्टोबरसम्म हुन गइरहेको ग्रानाडा सिक्स टुर्नामेन्टका लागि क्लवका खेलाडी आज बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । स्पेन टुर स्क्वाडमा आर्मीका पूर्व खेलाडी सचिन शर्मा, बेलायतमै नाम कमाएका अल राउण्डर आशिष कुर्मी, नेपालका अण्डर १९ […]

Oct 24, 2024 - 07:48
 0
युरोप क्रिकेट टुर्नामेन्टमा लन्डनबाट पहिलोपटक नेपाली क्लव

लन्डन । लन्डनका नेपाली युवाको क्लव माया क्रिकेट क्लवले युरोपमा प्रतिष्पर्धा गर्ने भएको छ । स्पेनमा यही २५ देखि २७ अक्टोबरसम्म हुन गइरहेको ग्रानाडा सिक्स टुर्नामेन्टका लागि क्लवका खेलाडी आज बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

स्पेन टुर स्क्वाडमा आर्मीका पूर्व खेलाडी सचिन शर्मा, बेलायतमै नाम कमाएका अल राउण्डर आशिष कुर्मी, नेपालका अण्डर १९ पूर्व खेलाडी प्रकाश विष्ट, क्षेत्रीय खेलाडी चन्दन रावल, दिवस गिरी, विशाल बन्जाडे, मनोज गुरुङ र राज पाण्डे छन् ।

युरोप क्रिकेटमा नेपाली क्लवमा प्रतिष्पर्धा गर्न लागेको यो पहिलो भएको माया क्रिकेट क्लवका संस्थापक एवं सञ्चालक राज पाण्डेले जनाए ।

ग्रानाडा सिक्स टुर्नामेन्टमा १० टिमले प्रतिष्पर्धा गर्दैछन् । ग्रुप ए र ग्रुप बी पुल छन् र प्रत्येक पुलमा ५ टिम छन् र उनीहरुले एक अर्कासंग दुईपटक खेल्नेछन् । पहिलो ४ टिम सेमिफाइनलका लागि क्वालिफाइ हुनेछन् । पाण्डेले पोर्चुगल, स्पेन, यूके र माल्टाबाट खेलाडीहरुले प्रतिष्पर्धा गर्न लागेको जनाए।

‘हाम्रो क्लवको संलग्नताले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतालाई मात्र प्रकाश पार्दैन, नेपाली क्रिकेटरहरूको प्रतिभा र जोशलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउने लक्ष्य पनि राख्छ’, नेपाली क्रिकेट विकासमा तल्लीन युवा व्यवसायी पाण्डेले भने, ‘हामी आफ्नो देशको प्रतिनिधित्व गर्ने र यस प्रतिष्ठित प्रतियोगितामा सन्तोषजनक नतिजा ल्याउने विश्वासमा छौं ।’

खेलाडीलाई एचटीआर केयर, क्याटलिष्ट आइटी कन्सल्टेन्सी, द गोर्खा सेन्टर, नेपाली बियर, जिएनएस चार्टर्ड अकाउन्टेन्ट्स, सलाद मास्टर, मोडर्न डोमेष्टिक प्लम्बिङ एण्ड हिटिङ, मामाज् हन्स्लो, आर के अटो वर्कस, रियल ड्रिम्स्, केटिएम ट्राभल्स् एण्ड टुर्स, हाउस क्रिकेट एकेडेमी (एचसीए), हिरेन पटेल सोलिसिटर्स र आइ कन्सट्रक्सनले आर्थिक सहयोग गरेका छन् भने विश्वका उत्कृष्ट टी २० बलर अदिल रसिदले सफलताको शुभकामना दिएका छन्।

लन्डनका नेपाली व्यवसायीद्वारा सन् २०२४ मा स्थापना भएको माया क्रिकेट क्लवले बेलायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । क्लबले पोखरेली मञ्च यूकेको आयोजनमा अगस्ट अन्तिम साता रेडिङमा सम्पन्न ‘पीपल नेपालकप क्रिकेट प्रतियोगिता’ को सातौं संस्करणको उपाधि जितेको थियो ।

क्लवले नेपाली युवालाई अन्तर्राष्ट्रिय क्रिकेटरबाट हाउस अफ क्रिकेट एकेडेमीमा निशुल्क प्रशिक्षण समेत दिलाउंदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register