मन्त्रिपरिषद् बैठक : सचिवमा विष्टको बढुवा, २ मन्त्रीको विदेश भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति दिएको ती मन्त्रीले जानकारी दिए […]

Oct 24, 2024 - 15:55
 0
मन्त्रिपरिषद् बैठक : सचिवमा विष्टको बढुवा, २ मन्त्रीको विदेश भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति दिएको ती मन्त्रीले जानकारी दिए ।

यस्तै बैठकले  संघीय मामिला मन्त्रालयको प्रस्तावमा दुई कर्मचारीको राजीनामा स्वीकृत गरेको छ । बैठकले  सेनाका अधिकृतको पदोन्नति पनि गरेको  बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register