भारत सरकारको सहयोगमा निर्मित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन

काठमाडौँ । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.००१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबूखैरेनी गाउँपालिकास्थित आँबूखैरेनी क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । भवन […]

Oct 25, 2024 - 03:31
 0
भारत सरकारको सहयोगमा निर्मित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन

काठमाडौँ । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.००१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबूखैरेनी गाउँपालिकास्थित आँबूखैरेनी क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक/प्राध्यापिका, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको भारतीय राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा आँबूखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जुन परियोजना जिल्ला समन्वय समिति तनहुँमार्फत कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

आँबूखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्राहरु रहेका छन् । नेपालको तनहुँस्थित आँबूखैरेनी क्याम्पसका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनुका साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register