चिनियाँसँग जबरजस्ती नाबालिकको विवाह गराउन खोज्ने ८ जना पक्राउ

काठमाडौँ । ललाइफकाई चिनियाँ नागरिकसँग १६ वर्षीया बालिकाको विवाह गराउने ८ जना पक्राउ परेका छन् । धनकुटा छथर जोरपाटी-२ की १६ वर्षीया बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ नाम गरेका व्यक्तिसँग विवाह गराउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक रहेका छन् । प्रहरीका […]

Oct 25, 2024 - 03:25
 0
चिनियाँसँग जबरजस्ती नाबालिकको विवाह गराउन खोज्ने ८ जना पक्राउ

काठमाडौँ । ललाइफकाई चिनियाँ नागरिकसँग १६ वर्षीया बालिकाको विवाह गराउने ८ जना पक्राउ परेका छन् । धनकुटा छथर जोरपाटी-२ की १६ वर्षीया बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ नाम गरेका व्यक्तिसँग विवाह गराउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक रहेका छन् । प्रहरीका अनुसार ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको छ ।

उनीहरुसँगै किशोरीका बाबु, उदयपुरको बेलका नगरपालिका-९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुलतीबजार नगरपालिका-१२ का २० वर्षीय शितल गुरुङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारेर उनीहरुले जबर्जस्ती चिनियाँ नागरिकसँग विवाह गर्दैगर्दा किशोरीको उद्दार गरिएको हो । जबरजस्ती किशोरीको विवाह गर्ने तयारी गरेको खबर किशोरीका आफन्तले दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register