इजरायल–लेबनान तनाव तीव्र: नेपाली शान्ति सैनिक बंकरको बंकरमै

काठमाडौं ।  इजरायल र लेबनानबीचको द्वन्द्व तीव्र भएपछि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिकलाई सुरक्षा प्रोटोकल अनुसार बंकरमा सारिएको छ । इजरायली सेनाले शान्ति सैनिकको क्वाटरनजिकै बमबारी गरेपछि नेपाली सैनिक बंकरमा बस्न बाध्य भएका हुन् । नेपाली सेनाको उच्च स्रोतका अनुसार, संयुक्त राष्ट्रसंघले ‘सेक्युरिटी लेभल ३’ लागू गरेपछि १० दिनयता नेपाली सैनिकहरू […]

Oct 25, 2024 - 03:55
 0
इजरायल–लेबनान तनाव तीव्र: नेपाली शान्ति सैनिक बंकरको बंकरमै

काठमाडौं ।  इजरायल र लेबनानबीचको द्वन्द्व तीव्र भएपछि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिकलाई सुरक्षा प्रोटोकल अनुसार बंकरमा सारिएको छ ।

इजरायली सेनाले शान्ति सैनिकको क्वाटरनजिकै बमबारी गरेपछि नेपाली सैनिक बंकरमा बस्न बाध्य भएका हुन् ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार, संयुक्त राष्ट्रसंघले ‘सेक्युरिटी लेभल ३’ लागू गरेपछि १० दिनयता नेपाली सैनिकहरू बंकरमा रहेका छन् । यो प्रोटोकल कति समयसम्म जारी रहने भन्ने बारे कुनै स्पष्ट जानकारी दिइएको छैन ।

लेबनानमा हाल ८७७ नेपाली शान्ति सैनिक तैनाथ छन्, जसमध्ये २७ जना हेडक्वार्टरमा कार्यरत छन् ।

इजरायली डिफेन्स फोर्स (IDF) ले हिजबुल्लाह विद्रोहीहरूविरुद्ध स्थल कारबाही सुरु गरेपछि इजरायल–लेबनान सीमामा तनाव थपिएको हो ।  इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हट्न चेतावनी दिएका छन्, तर राष्ट्रसंघले शान्ति सेनालाई फिर्ता नबोलाउने निर्णयमा रहेको छ ।

अघिल्लो हप्ता भएको हवाई आक्रमणमा दुई श्रीलंकाली शान्ति सैनिक घाइते भएका थिए, भने नेपाली सैनिकहरूले फायरिङको प्रभाव आफ्नो इलाकामा पनि परेको बताएका छन् ।

नेपाली शान्ति सेनाको निर्देशनालयले सहायक रथी प्रेमबहादुर पुनको नेतृत्वमा इजरायल–लेबनान सीमामा उत्पन्न तनावको निरन्तर अनुगमन गरिरहेको छ ।

नेपाललाई आफ्नो सैनिकलाई फिर्ता बोलाउने अधिकार भए पनि अहिलेको परिस्थिति त्यस्तो गम्भीर तहमा पुगिनसकेको बताइएको छ ।

लेबनानी विपद् जोखिम व्यवस्थापन इकाइको ताजा प्रतिवेदनले इजरायली हवाई हमलाबाट २,५३० जनाको मृत्यु भएको र ११,८०३ जना घाइते भएको जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register