धनकी देवी लक्ष्मी माताको पूजा गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । कार्तिक कृष्ण औँसीको दिन धनधान्यकी देवी लक्ष्मी माताको विशेष तरिकाले पूजा गरिन्छ । यमपञ्चकको तेस्रो दिनको साँझ लक्ष्मी पूजा गरिन्छ । यस दिन घरलाई राम्ररी सफा गरेर झिलिमिली बत्ती, दियो र रङ्गोलीले सजाइन्छ । घरको प्रत्येक कुनामा दियो प्रज्वलित गरिन्छ, विशेष गरी लक्ष्मीको मूर्ति र तस्वीर राखेर पूजा कोठामा दियो बाल्नुपर्छ । पूजाको […]

Oct 30, 2024 - 10:26
 0
धनकी देवी लक्ष्मी माताको पूजा गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । कार्तिक कृष्ण औँसीको दिन धनधान्यकी देवी लक्ष्मी माताको विशेष तरिकाले पूजा गरिन्छ । यमपञ्चकको तेस्रो दिनको साँझ लक्ष्मी पूजा गरिन्छ । यस दिन घरलाई राम्ररी सफा गरेर झिलिमिली बत्ती, दियो र रङ्गोलीले सजाइन्छ । घरको प्रत्येक कुनामा दियो प्रज्वलित गरिन्छ, विशेष गरी लक्ष्मीको मूर्ति र तस्वीर राखेर पूजा कोठामा दियो बाल्नुपर्छ ।

पूजाको मुख्य प्रक्रिया सूर्यास्तपछि सुरु हुन्छ । घरको मूल ढोका, आँगन र पूजा कोठामा लक्ष्मीको आगमनको लागि झिलिमिलीको बाटो र पाइला बनाइन्छ । पूजाको समयमा लक्ष्मीको मूर्ति वा तस्वीर राख्न महत्त्वपूर्ण मानिन्छ, जसमा लक्ष्मी देवी कमलको आसनमा बसेको हुनुपर्छ । यस दिन घरमा बिहान नुन पानी छर्कनुपर्छ । त्यसो गर्दा घरको वातावरण शुद्ध हुन्छ भन्ने धार्मिक मान्यता छ ।

साथै यस दिन कालो रंगको कपडा लगाउनु हुँदैन । विशेष गरेर पूजा गर्दा कालो रंगको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन । कालो रंगका वस्तुको प्रयोगले माता लक्ष्मी रिसाउने र नकारात्मक फलहरू वर्ष भरि नै भोग्न पर्ने हुनसक्छ । लक्ष्मी पूजाको दिन फुटेका भाँडाको प्रयोग गर्नु हुँदैन । घरमा आएका पाहुनालाई फुटेका भाँडामा खाना खान दिँदा घरमा गरिबी बढ्छ र जीवनमा वास्तु दोष उत्पन्न हुने विश्वास छ ।

लक्ष्मी पूजा सम्पन्न भएपछि घरघरमा गई देउसी भैलो खेल्ने प्रचलन पनि रहिआएको छ । यसो गर्नाले लक्ष्मी देवीको आर्सीवादले घरमा धन, समृद्धि र सुख शान्ति आउँछ भन्ने धार्मिक मान्यता रही आएको छ । विशेष गरी कार्तिकको औँसीका दिन लक्ष्मी प्रसन्न हुँदा घरमा धनको वृद्धि हुने र घरपरिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।

यस दिनमा विद्युतीय लाइट वा मैनबत्ती कम प्रयोग गर्नुपर्छ, यसको सट्टा तेलका दियो बाल्नुपर्छ । लक्ष्मी माता प्रसन्न पार्न १६ घ्यूका दियो बाल्नुस् र प्रत्येक दियोमा कमलको बीउ राख्नु राम्रो मानिन्छ ।

नयाँ मूर्ति स्थापना गर्दा पुरानो मूर्ति हटाउनु हुँदैन । नयाँ मूर्ति स्थापना गर्दा पुरानामा भएका शक्तिहरू नयाँमा आउने प्रार्थना गर्नुपर्छ । त्यसपछि मात्रै पुरानो मूर्ति हटाउनुपर्छ ।

लक्ष्मी पूजा गर्दा धेरै व्यक्तिहरू पैसा र गरगहना राख्छन् तर, यसो गर्दा पैसा ,गरगहना चोरी हुने घटना धेरै भइरहेका हुन्छन् र पैसा जल्ने जस्ता घटना हुन्छ । यस्तो  हुन नदिनको लागि पैसा र गरगहना सुरक्षित ठाउँमा राख्नुहोस् ।

घरको मूल ढोका, झ्याल लगायतका स्थानहरू राम्रोसँग चेक गर्नुहोस् । साथै यस्ता कुराहरू सामाजिक सञ्जालमा देखाउने गर्नुहुँदैन । सामाजिक सञ्जाल सबै व्यक्तिले चलाएका हुन्छन् । जसले गर्दा उनीहरूलाई चोरी गर्नको लागि थप हौसला मिल्छ । त्यसैले यी कुराहरूमा विशेष ध्यान दिनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register