दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

रूपन्देही । दाङमा बोलेर गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत शनिबार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख अनिल ठकुरीले दिएको जानकारीअनुसार दुर्घटनामा […]

Oct 26, 2024 - 03:19
 0
दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

रूपन्देही । दाङमा बोलेर गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

राप्ती लोकमार्गअन्तर्गत शनिबार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख अनिल ठकुरीले दिएको जानकारीअनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

गाडी दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल खसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register