गोकर्णेश्वर नगर अस्पतालको नयाँ भवन उद्घाटन

काठमाडौं । गोकर्णेश्वर नगर अस्पतालको नयाँ भवन नगरप्रमुख दीपक कुमार रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख रिसालले भने, “यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौं ।” २०७६ असार १६ […]

Oct 18, 2024 - 07:17
 0
गोकर्णेश्वर नगर अस्पतालको नयाँ भवन उद्घाटन

काठमाडौं । गोकर्णेश्वर नगर अस्पतालको नयाँ भवन नगरप्रमुख दीपक कुमार रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा नगर प्रमुख रिसालले भने, “यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौं ।”

२०७६ असार १६ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गोकर्ण स्वास्थ्य चौकीलाई गोकर्ण प्राथमिक अस्पतालको रूपमा उद्घाटन गरेका थिए । त्यसै वर्षको नगर परिषद् बैठकले प्राथमिक अस्पताललाई १५ शय्याको नगर अस्पतालको रूपमा परिमार्जन गर्ने निर्णय गरेको थियो ।

आज उद्घाटन गरिएको अस्पताल भवनमा ६ शय्याको आकस्मिक कक्ष सहित २२ शय्या रहेका छन् । आगामी दुई वर्षभित्र नेपाल सरकारको करिब १२ करोड अनुदानसहित करिब २० करोड रुपैयाँको लागतमा आइसीयू र भेन्टिलेटरसहितको नगर अस्पतालको अर्को भवन तयार हुने योजनासमेत रहेको छ ।

हाल उक्त भवन निर्माणाधीन अवस्थामा छ । गोकर्णेश्वर नगर अस्पतालले यस नयाँ भवनमार्फत् समुदायका लागि स्वास्थ्य सेवामा सुधारको आशा व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register