काठमाडौंमा यस्तो देखियो माओवादी केन्द्रको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो । सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन गरेको हो । […]

Oct 26, 2024 - 07:43
 0
काठमाडौंमा यस्तो देखियो माओवादी केन्द्रको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो ।

सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन गरेको हो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण कार्यान्वयन गराउन खबरदारीसहित प्रदर्शन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register